भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

रौतहट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन् ।

रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यहाँको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गरे।

“सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ । जनताको हित हुने योजनाहरू बनाउनुस् । त्यसमा हाम्रो सहयोग रहन्छ । नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला”, उनले भने ।

कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५८ बजे

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको

इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

तेल अवीव – इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा