बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बाँके – बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ । नेपालकै कान्छो निकुञ्जका रुपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए । “हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन् । यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ । त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा छौँ”, उनले भने ।

कँडेलले बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताए । उनले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनेतर्फ पनि निकुञ्जले ध्यान केन्द्रित गरेको जानकारी दिए । यसका लागि मृग, चित्तल, चौका, बँदेल, रतुवालगायत वन्यजन्तुको संरक्षण गरिने कँडेलको भनाइ छ ।

उनका अनुसार एउटा बाघले वर्षमा औसतमा ५० वटा सिकार गर्छ भने एकपटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ । जुन एक हप्तासम्मका लागि हुन्छ । त्यसैले बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको उनले सुनाए ।

निकुञ्जका सूचना अधिकृत मन्दीप पँगेनीले करौंतीघाँसे मैदानमा बाघको सहजताका लागि तीनवटा सोलार जडित पानीपोखरी र एउटा मचान बनाइएको बताए । बाँकेमा सन् २००८ देखि बाघ गणना सुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ देखिएको थिएन तर हाल यहाँ बाघको सङ्ख्या २५ पुगेको छ । सन् २०१३ मा दोस्रो बाघ गणनामा चार, सन् २०१८ मा भएको तेस्रो गणनामा २१ पुगेकामा त्यसयता बाघको सङ्ख्या ह्वात्तै बढेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिए।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके निकुञ्ज स्थापना गरिएको थियो । उक्त निकुञ्जले बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिणपूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यहाँ जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस निकुञ्ज क्षेत्रमा आठवटा इकोसिष्टम, एकसय २४ वनस्पति प्रजाति, ३५ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचरहरू पाइन्छन् । ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चराहरू निकुञ्जभित्र रहेका छन् ।

बाँके, दाङ र सल्यान जिल्लाको तीन सय ४३ वर्ग किलोमिटर क्षेत्रलाई समेटेर यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले ठूला वन्यजन्तुका लागि एकदमै महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : २९ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा