जितको खोजीमा रहेको नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

त्रिदेशीय महिला टी-२०

जितको खोजीमा रहेको नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जितको खोजीमा रहेको नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार तीन खेलमा पराजित नेपालले तीन खेलमा अपराजित थाइल्याण्डसँग दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो।

घरेलु मैदानमा नेपालमाथि जितको दबाब छ भने पाहुना टोली थाइल्याण्ड अपराजित यात्रालाई कायम राख्न उच्च मनोबलका साथ मैदानमा हुनेछ।

पहिलो खेलमा नेदरल्याण्ड्सँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा आइतबार नेपाल फेरि नेदरल्याण्ड्सँग १५ रनले पराजित भयो।

नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा केही महत्त्वपूर्ण अवसर गुमाउँदा जितका लागि संघर्ष गर्नु परेको छ। बलिङ राम्रो हुँदा ब्याटिङमा कमजोर देखिएको नेपालले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि घरेलु मैदानमा त्रिदेशीय ट्रफी उचाल्ने सपना देखेको थियो। तर, नेपाल अहिले आफ्नै मैदानमा पहिलो जितका लागि संघर्ष गरिरहेको छ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई चार विकेट हराएको थियो। तेस्रो खेलमा नेदरल्याण्ड्सलाई १७ रनले हराएको थाइल्याण्ड्सले तीन खेलबाट ६ अंक बनाएको छ।

तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले चार अंक जोड्दा नेपाल अंकबिहीन तालिकाको पुछारमा छ। आजको खेलमा पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ। आजको जितले भने गणितीय सम्भावना कायमै रहनसक्छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ०४ बजे

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र