‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन् « Khabarhub

‘नो केबलकार अभियन्ता’ले रुख ढालेर सडक छेके, सुत्केरी व्यथाले च्यापेकी महिला एम्बुलेन्समा चिच्याइरहिन्


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाथीभरमा केबलकार निर्माणविरुद्ध आन्दोलितहरूले सोमबार राति रुख ढालेर मेची राजमार्ग अवरुद्ध गरेका छन् ।

पाँचथरको गोपेटारमा दर्जनौँ रुख ढालेर सडक अवरुद्ध गरिँदा कारण प्रसूति व्यथाले छट्पटाइरहेकी महिला बोकेको एम्बुलेन्ससमेत बाटैमा रोकिएको छ ।

सातादेखि आन्दोलित केबलकारविरोधी समूहको आन्दोलन उग्र बन्दै जाँदा सडक छेक्न रुख नै ढालिएको हो । मध्यराति रुख ढालेर सडक छेकिँदा आकष्मिक रुपमा बिरामी परेकाहरूलाई समेत लैजान समस्या भएको छ ।

पाँचथरको सडकमा रुख ढालेर सडक अवरोध गरिँदा सोमबार राति २ बजेदेखि बिहानैसम्म एम्बुलेन्स अलपत्र परेको थियो । एम्बुलेन्सभित्र रहेकी सुत्केरी व्यथा लागेकी १८ वर्षीय महिला चिच्याइरहेकी थिइन् । बाटैमा सुत्केरी ब्यथाले च्यापेकी उनलाई एम्बुलेन्सले अस्पताल लैजाँदै थियो ।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकेपछि हिलिहाङ-२ देखि फिदिम लाँदै गरेकी कल्पना जोगी (तामाङ)को ज्यान नै जोखिममा परेको थियो।

एम्बुलेन्स चालक नुपु शेर्पाले राति २ बजे बिरामी लिएर आउँदै गर्दा बाटोमा रुख ढालिएपछि बिरामी बचाउन गोपेटार फर्काएको बताए ।

अवस्था जटिल भएपछि गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मी चन्द्र घिमिरेले बताएका छन् ।

प्रहरीले बिहान रुख हटाएर सडक सुचारु गरेको छ । अवरोध हटेसँगै ती महिलालाई प्रसुति गराउन जिल्ला अस्पताल पठाइँदैछ ।

गत माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द छ । ‘नो केबलकार समूह’ले मंगलबारदेखि अरुणपूर्वका नौ जिल्लामा आमहड्ताल गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : १२ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा