नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज | Khabarhub Khabarhub

नुवाकोटका युवक यूएईमा मृत भेटिए, पठाएका थिए गाउँकै पुरुष र श्रीमतीले मर्न बाध्य बनाएको भ्वाइस म्यासेज


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित कार्यरत कम्पनीमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत भेटिएका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए ।

मृतकका भाइ हरिहर तिवारीले त्यही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत् घटनाको जानकारी पाएको बताए ।

तिवारी विगत १२ वर्षदेखि यूएईमा कार्यरत थिए । पछिल्लोपटक ८ वर्षदेखि उनी घर आएका थिएनन् ।

हरिहरका अनुसार कुबेर घरासयी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए ।

अन्तिमपटक घटनाको एक सताअघि दाजुसँग कुरा भएको हरिहरले बताए । घटनाको केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन् ।

उनले आफ्नो दाइले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुनसक्ने आशंका गरे । घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिहरूविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनले बताए ।

बेलकोटगढी–१० का वडाअध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए । कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई नबुझ्ने अडान परिवारको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको पुष्टि गरे । उनले दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशबिना मृतकको अडियोका आधरमा कसैलाई दोषी करार गर्न नसकिने बताए ।

‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दैछु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन’, रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोष्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ । त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ । रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ ।’

जिल्लामा जाहेरी लिन नमानेपछि आफूहरु प्रहरीको साइबर ब्यूरोमा गएकोमा त्यहाँ पनि जाहेरी लिन नमानेको मृतक परिवारले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : २० बजे

दलाल-बिचौलियाको घेरा तोड्यौँ, गल्ती सुधारेर जनतामा फर्कियौँ : प्रचण्ड

म्याग्दी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै

१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी

काठमाडौं– साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक

रजनीकान्तका निर्माताले गरे आत्महत्या, झेल्दै थिए लागुऔषध मुद्दा

हैदाराबाद- साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन्

महाकुम्भमा भुटानी राजा, मुख्यमन्त्री योगीसँगै गंगामा लगाए डुबुल्की

काठमाडौं- भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा डुबुल्की लगाएका

‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’

काठमाडौं– राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न