जाजरकोटमा टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

जाजरकोटमा टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा  मंगलबार बिहान भे १ प १०५५ नम्बरको टिपर दुर्घटनामा भएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक  पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । 

टिपर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए । दुर्घटनामा टिपर चालक र सहचालक घाइते भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा