जाजरकोटमा टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

जाजरकोटमा टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत छेडागाड नगरपालिका–११ मा  मंगलबार बिहान भे १ प १०५५ नम्बरको टिपर दुर्घटनामा भएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

मृतक व्यक्ति मध्यपहाडी राजमार्ग निर्माणको जिम्मा लिएको शुरुकृति कम्पनीका ट्याक्टर चालक भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक  पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । 

टिपर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भई भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए । दुर्घटनामा टिपर चालक र सहचालक घाइते भएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ५२ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा