नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप : स्वास्थ्यमन्त्री  « Khabarhub

नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप : स्वास्थ्यमन्त्री 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । 

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने उनले बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको दाबी समेत गरे । 

‘अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ,उनले भने । 

नेपालका धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मृत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरूले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उनले उल्लेख गरे । 

प्रत्येक दिन ६ जना महिला मृत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको तथ्यांक छ । वर्तमान अवस्थालाई न्यूनीकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको बताउँदै  एचपीभी खोप विश्वमा परीक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनै पनि असर नगर्ने मन्त्री पौडेलले बताए । 

सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रूपमा योजना बनाएर अघि बढेको र विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई उपलब्ध गराउने बताए । 

१० देखि १४ वर्ष उमेर समूहको सङ्ख्या करिब १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउनका लागि सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उनले बताए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ३४ बजे

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ