‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’ « Khabarhub

‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएको छ । 

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरेर केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएका हुन् । 

तथापि, उनले केबुलकार निर्माणसम्बन्धी योजना अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्नेमा भने जोड दिएका छन् । 

‘पाथीभरामा केबुलकार निर्माणमा अवरोध पुर्‍याउने कुरालाई हामीले सही मान्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्दछ ।’ 

जनमोर्चाले पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दूरीमा हुनु पर्ने र उक्त दूरी स्थानीय बासिन्दा तथा केबुलकार व्यवसायीबीचको आपसी सहमतिमा तय गरिनुपर्ने पनि बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ५६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल