‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’ « Khabarhub

‘पाथीभरा केबुलकार निर्माणमा अवरोध पुर्‍याउनु गलत’


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले पाथीभरामा केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएको छ । 

अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गरेर केबुलकार निर्माणमा भइरहेको अवरोधलाई सही मान्न नसकिने बताएका हुन् । 

तथापि, उनले केबुलकार निर्माणसम्बन्धी योजना अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्नेमा भने जोड दिएका छन् । 

‘पाथीभरामा केबुलकार निर्माणमा अवरोध पुर्‍याउने कुरालाई हामीले सही मान्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, केबुलकार निर्माणसम्बन्धी योजनालाई अगाडि बढाउँदा पाथीभराको प्राकृतिक बनोटलाई कायम राखिनु पर्दछ ।’ 

जनमोर्चाले पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा निश्चित दूरीमा हुनु पर्ने र उक्त दूरी स्थानीय बासिन्दा तथा केबुलकार व्यवसायीबीचको आपसी सहमतिमा तय गरिनुपर्ने पनि बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ५६ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको