१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी « Khabarhub

१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो । 

मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । 

तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : १६ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला