कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ  « Khabarhub

कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् । 

पोखरामा मंगलबारबाट सुरू भएको अभिमुखीकरणमा सहभागी ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका उपसभापतिहरूलाई विज्ञले यस्तो सुझाव दिएका हुन्। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भबारे पोखरामा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ । 

अभिमुखीकरणको बन्दसत्रमा प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्दै उनीहरूलाई पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन भनेका छन् । 

प्रतिवेदनमा उनले भनेका छन्, ‘हामी जहाँ जान्छौँ, एउटा प्रण गर्न लगाऔँ । कम्तीमा पनि ५ नयाँ साथी ५ महिनाभित्र बनाउन लगाऊँ ।’ 

डा। पौडेलले निर्वाचनको दिनमा हरेकले बनाएका ५ जना साथीमध्ये कम्तीमा पनि दुई जनालाई कांग्रेसको चुनाव चिह्नमा भोट हाल्न लगाउन पनि सुझाव दिएका छन् । 

उनले सबैको मत जित्ने काम गर्न र सुख–दुःखमा साथ दिन पनि अभिमुखीकरणमा सहभागी सभापतिहरू र उपसभापतिहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : १२ बजे

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार– निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारकाविरुद्ध उजुरी दिन सकिने

काठमाडौं– मनोनयन पत्र दर्ता गरी उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र