आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु « Khabarhub

आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा– २४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

यसैबिच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित नगर प्रमुख आचार्यले सम्मान गरे ।  

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कपबाट सुरु भएको यो प्रतियोगिता हाल आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुन पुगेको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा पोखरा महानगरपालिका रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : ०६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको