जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने  « Khabarhub

जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ २४ देखि २६ गतेसम्म तीन दिवसीय जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण आयोजना गरिने भएको छ । 

उत्सवको छैटौँ संस्करण जनकपुरधामको राम मन्दिर पार्कमा हुने छ । नवमिथिला फाउन्डेसनद्वारा आयोजित यस उत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक विषयहरूमा छलफल गरिनेछ । 

उत्सवको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार महोत्सवमा १७ वटा विभिन्न सत्रहरू समेटिएका छन् ।

दोस्रो दिनको औपचारिक सत्र जनकपुरधामका चुनौती र अवसरबारे छलफलबाट सुरु हुनेछ । यस दिन डिजिटल युगमा पठन संस्कृति, क्रिकेटका समस्या, समाधान र सम्भावना, मधेस महिमा उत्सवको व्यवसायीकरण, पढाइ र सिकाइका विषयमा छलफल हुनेछ। साथै, अन्तरविद्यालय कविता प्रतियोगिता, सांगीतिक कार्यक्रम तथा गजल वाचनले दिनको समापन हुनेछ ।

तेस्रो तथा अन्तिम दिनको सुरुआत अन्तरविद्यालय कथा वाचन प्रतियोगिताबाट हुनेछ । त्यसपछि केन्द्रको दृष्टिमा मधेस, आन्दोलन र साहित्य, नेपाली उद्यमीको यात्रा, आनन्दको खोजी, समाज(साहित्य)सिनेमा, मधेसको मत, कुलमान घिसिङको एकल प्रवचन, संविधान, संघीयता र कानूनी राज्यको अभ्यासजस्ता सत्रहरू सञ्चालन गरिनेछन् ।

अन्त्यमा, अन्तरविद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता र सांगीतिक महोत्सवसँगै जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण समापन हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : १० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल