लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो « Khabarhub

लागुऔषध कारोबारी भारतीय नागरिक समात्न झापामा प्रहरीले गोली चलायो


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

झापा- लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।

कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।

गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्। उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।

‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने।

यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ०२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह