गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक « Khabarhub

गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ। उनका पिता तीलकबहादुर पौडेलको मंगलबार ९८ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित तीलकबहादुर आइतबार बिरामी परेपछि लमजुङ सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। चिकित्सक र परिवारको सल्लाहअनुसार घर ल्याइएका पौडेलको मंगलबार दिउँसो  निधन भएको हो।

समाजसेवामा क्रियाशील तीलकबहादुर लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति लमजुङका पूर्व सभापति समेत हुन् । उनको मंगलबारै अन्त्येष्टि गरिएको छ ।  तिलक बहादुरका २ छोरा र ६ छोरी छन्।

तीलकबहादुरको निधनप्रति गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : २८ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा