प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने « Khabarhub

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य रहेका छन् ।

त्यसैगरी जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ।

समितिको सदस्यमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाडौँका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार रहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ५१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै