५६ लाखभन्दा बढी मूल्यका सामान बरामद « Khabarhub

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६ लाख ४६ हजार रुपैयाँ मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ ।

आज (मङ्गलबार) जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए ।

‘आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ’, उनले भने । रासस

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : ४६ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६