५६ लाखभन्दा बढी मूल्यका सामान बरामद « Khabarhub

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६ लाख ४६ हजार रुपैयाँ मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ ।

आज (मङ्गलबार) जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए ।

‘आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ’, उनले भने । रासस

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : ४६ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ