चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ ।

निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।

एउटा भाले गैँडा सोमबार नमूना मध्यवर्ती सामुदायिक वन पिठौली क्षेत्रबाट पूर्वी क्षेत्र स्थानान्तरण गरिएको हो ।

तीनवटा पोथी गैँडामध्ये एउटा नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीबाट र दुईवटा पोथी गैँडा अमलटारी क्षेत्रबाट ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

उनका अनुसार आज साँझ पोथी गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि आन्तरिक स्थानान्तरणको काम सकिएको छ ।

स्थानान्तरण गरिएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । आज छोडिएको पोथी गैँडा अन्दाजी १३ वर्षको रहेको उनले जानकारी दिए ।

शनिबारदेखि गैँडा आन्तरिक स्थानान्तरणको काम गरिएको हो । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई  एवं सोमबार अन्दाजी १८ वर्षको भाले गैँडालाई ल्याइएको थियो ।

विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो ।

सो समितिले पश्चिम सेक्टरमा ६० प्रतिशत र पूर्वी सेक्टरमा ४० प्रतिशत गैँडा रहेको अनुमान गरिएको छ । स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो । रासस

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ०४ बजे

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा– सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै

कता व्यस्त छन्, के गर्दैछन् यी चर्चित नायक-नायिका ?

काठमाडौं – वि.सं २०८० को सुरुवाती ६ महिना सुखद रह्यो

भूमिसम्बन्धी अध्यादेशमा टीआई नेपालको ध्यानाकर्षण

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले गत पुस महिनामा जारी

पूर्वाधारको पर्खाइमा म्याग्दीको सुनछहरा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ मा रहेको सुनछहरा पूर्वाधार र

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो