हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा  « Khabarhub

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ ।

नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन् ।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छवटा सिकार ब्लकमा राखेर फर्केको बताए। क्यामेराले ४५ दिनसम्म आफैँ फोटो संकलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । 

ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ ।

‘हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ’, सुवेदीले भने, ‘सम्भावित चितुवाको बासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।’

हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ ।

आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । 

यस्तै हिउँचितुवाको जंगलमा भेटिएको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ । 
 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ५९ बजे

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने

गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ

काठमाडौं- प्युठानको गौमुखी गाउँपालिकामा गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक

महोत्तरीका १६ कामदार भारतमा बन्धक

जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना, विद्यार्थीलाई खेल सामग्री

दोलखा- दोलखाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका

भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर