आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित « Khabarhub

आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा लगाउने २५ प्रतिशत करको नियम मंगलबारदेखि कार्यान्वयनमा आउने छ।

यसैगरी चीनमाथि लगाइएको १० प्रतिशत अतिरिक्त करको निर्णय पनि मंगलबारदेखि लागू हुँदैछ। यसै कारण अमेरिकाको शेयर मार्केट ओरालो लागेको छ।

अमेरिकामा बढेको अवैध आप्रवासी प्रवेशमा यी तीन देशको भूमिका भएको आरोपसहित करको निर्णय भएको हो। चिनियाँ सामानमा थप १० प्रतिशत करको मतलब अब कम्तीमा २० प्रतिशत कर लाग्ने छ । यसअघि नै १० प्रतिशत करको प्रावधान थियो।

तीनै देशले प्रतिकार स्वरूप निर्णयको पनि तयारी गरेका छन्। क्यानडाका विदेशमन्त्री मेलाइन जोलीले क्यानडाका लागि थप चुनौती सिर्जना भएको बताउँदै अहिले हजारौँ रोजगारी सङ्कटमा परेको बताइन् । उनले आफूहरूले सिर्जनात्मक सहकार्यका लागि ट्रम्पसँग कुरा राखे पनि अहिले प्रतिक्रिया स्वरूप करको निर्णयका लागि तयार भएको बताइन्।

ट्रम्पले भने यो निर्णयले व्यापार असन्तुलन मिलाउने तथा अमेरिकाका घरेलु उत्पादनको मगलाई बढाउनका लागि सहयोगी साबित हुने बताएका छन्। उनले धेरै लामो समयदेखिको दुई व्यापारी साझेदारसँगको सम्बन्धका कारण अमेरिकामा प्रतिकुल असर पर्ने कुरालाई नकारेका छन्।

वाशिङ्टनमा रहेका क्यानडा र मेक्सिकोका अधिकारीले केही दिनदेखि यो निर्णय कार्यान्वयन रोक्न अनेक प्रयास गरे पनि त्यो सम्भाव भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाउमले आफ्नो देशको पनि समस्या रहेको बताउँदै सहकार्यका लागि तयार भएको तर अमेरिकासँग दबिएर नबस्ने बताएकी छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ५१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि