आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित | Khabarhub Khabarhub

आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा लगाउने २५ प्रतिशत करको नियम मंगलबारदेखि कार्यान्वयनमा आउने छ।

यसैगरी चीनमाथि लगाइएको १० प्रतिशत अतिरिक्त करको निर्णय पनि मंगलबारदेखि लागू हुँदैछ। यसै कारण अमेरिकाको शेयर मार्केट ओरालो लागेको छ।

अमेरिकामा बढेको अवैध आप्रवासी प्रवेशमा यी तीन देशको भूमिका भएको आरोपसहित करको निर्णय भएको हो। चिनियाँ सामानमा थप १० प्रतिशत करको मतलब अब कम्तीमा २० प्रतिशत कर लाग्ने छ । यसअघि नै १० प्रतिशत करको प्रावधान थियो।

तीनै देशले प्रतिकार स्वरूप निर्णयको पनि तयारी गरेका छन्। क्यानडाका विदेशमन्त्री मेलाइन जोलीले क्यानडाका लागि थप चुनौती सिर्जना भएको बताउँदै अहिले हजारौँ रोजगारी सङ्कटमा परेको बताइन् । उनले आफूहरूले सिर्जनात्मक सहकार्यका लागि ट्रम्पसँग कुरा राखे पनि अहिले प्रतिक्रिया स्वरूप करको निर्णयका लागि तयार भएको बताइन्।

ट्रम्पले भने यो निर्णयले व्यापार असन्तुलन मिलाउने तथा अमेरिकाका घरेलु उत्पादनको मगलाई बढाउनका लागि सहयोगी साबित हुने बताएका छन्। उनले धेरै लामो समयदेखिको दुई व्यापारी साझेदारसँगको सम्बन्धका कारण अमेरिकामा प्रतिकुल असर पर्ने कुरालाई नकारेका छन्।

वाशिङ्टनमा रहेका क्यानडा र मेक्सिकोका अधिकारीले केही दिनदेखि यो निर्णय कार्यान्वयन रोक्न अनेक प्रयास गरे पनि त्यो सम्भाव भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबाउमले आफ्नो देशको पनि समस्या रहेको बताउँदै सहकार्यका लागि तयार भएको तर अमेरिकासँग दबिएर नबस्ने बताएकी छन्।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ५१ बजे

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त