युक्रेनको सहयोग रोक्ने ट्रम्पको निर्णय « Khabarhub

युक्रेनको सहयोग रोक्ने ट्रम्पको निर्णय


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन्।

किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ ।

ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’

खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता तनावपूर्ण ढंगले सकिएको थियो। त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई भने कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका थिए।

स्टेइमर र जेलेन्स्कीको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ। त्यसपछि बेलायती प्रधानमन्त्रीले हतियार खरिदका लागि युक्रेनलाई दुई अर्ब डलर सहयोगको घोषणासमेत गरिसकेका छन् ।

युरोपेली देशका शीर्ष नेताले बैठक गरेरै युक्रेनलाई साथ दिने निर्णयसमेत गरिसकेका छन्।

अमेरिकालाई समेट्ने तयारीसहित युक्रेन जोगाउन युरोपका १८ देशले गठबन्धन बनाउने निर्णय गरेका हुन्।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ५८ बजे

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको