च्याम्पियन्स ट्रफी: आज भारत र अस्ट्रेलियाको सेमिफाइनल भिडन्त « Khabarhub

च्याम्पियन्स ट्रफी: आज भारत र अस्ट्रेलियाको सेमिफाइनल भिडन्त

दुबईको मैदानमा स्पिनरको भर


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

यूएई – भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा मंगलबार अपराह्न हुँदैछ। नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ। दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ। लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ।

न्युजिल्यान्डसँगको समूह चरणको अन्तिम खेल पनि स्पिनर वरुण चक्रवर्तीले नै जिताएका थिए। सोही टोली अस्ट्रेलियासँगको सेमिफाइनलमा खेल्ने छ।

अस्ट्रेलिया भने प्रारम्भिक ब्याट्सम्यान म्याट सर्टलाई चोटका कारण गुमाउने भएको छ। अहिलेसम्म तीन मात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका २१ वर्षीय कुपर कोनोलीलाई अस्ट्रेलियाले बोलाएको छ।

अस्ट्रेलियाले जोस इङ्लिसलाई पारीको सुरुवात गराउँदै सिमर एरोन हार्डीलाई टोलीमा समावेश गर्न सक्ने छ। अर्को विकल्पमा आक्रामक ब्याट्सम्यान ज्याक फ्रेजर म्याक गुरुकलाई सुरुमा खेलाउन सक्नेछ। कोनोलीलाई समावेश गरे एक बायाँ हाते स्पिनरको विकल्प पनि रहने छ।

स्पिन आक्रमण बलियो भए पनि भारतको डेथ बलिङको परीक्षण भएको छैन। सबै भन्दा भरपर्दा बलर जसप्रित बुमराहको अभाव भारतले अहिलेसम्म महसुस गर्नु परेको छैन।

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : २८ बजे

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे