मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु « Khabarhub

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा खाल्डो परेको छ। बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको हो।

मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेर थापाथली चोकबाट नर्भिक र प्रसूति अस्पताल जाने बाटो अवरुद्ध भएको हो। पाइप फुटेर बाढीकै रुप लिएपछि काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ सफाइको काम सुरु भएको छ।

पाइप फुटेर सडक अवरुद्ध भएपछि काठमाडौँ महानगरपालिकाका कमर्चारीले डोजरको सहयोगमा सडकको सरसफाइ सुरु गरेका हुन्।

यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।

यो पनि
बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ३२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ