मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु | Khabarhub Khabarhub

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा खाल्डो परेको छ। बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको हो।

मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेर थापाथली चोकबाट नर्भिक र प्रसूति अस्पताल जाने बाटो अवरुद्ध भएको हो। पाइप फुटेर बाढीकै रुप लिएपछि काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ सफाइको काम सुरु भएको छ।

पाइप फुटेर सडक अवरुद्ध भएपछि काठमाडौँ महानगरपालिकाका कमर्चारीले डोजरको सहयोगमा सडकको सरसफाइ सुरु गरेका हुन्।

यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।

यो पनि
बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ३२ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली