जुम्लाकोट पशुसेवा केन्द्र पुनः सञ्चालनमा | Khabarhub Khabarhub

जुम्लाकोट पशुसेवा केन्द्र पुनः सञ्चालनमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र पुनः सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो । तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेर केन्द्र सञ्चालनमा ल्याएको हो ।

पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्राविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो ।

बन्द रहेको केन्द्रका लागि अहिले एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै  केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

नायब पशु स्वास्थ्य प्राविधिक महतले भने, ‘आवश्यक महत्त्वपूर्ण औषधि अभाव छ । पालिकामा रहेको पशु विकास शाखाबाट चाहिने औषधिको माग गरेको छौँ ।’ उक्त पालिकाको वडा नम्बर ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्रसमेत हो । सेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएका थिए ।

२०७६ सालदेखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछि केन्द्र एक वर्षदेखि बन्द थियो । सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवा मार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

बाँके – जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका