नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति  « Khabarhub

नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । 

नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउँदै भने –‘संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरूले यो पेसालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता  संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे । 

उनले देशका दूर दराजहरूमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पुर्‍याउन आवश्यक रहेको बताए।

उनले भने–‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन म आह्वान पनि गर्दछु ।’

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको बताउँदै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गरे । 

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिनेक्रम बढ्नु चिन्ताको विषय भएको बताउँदै यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम 

देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनहरूमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलको भनाई थियो । 

सो अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा. गौरीशंकरलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गंगोल, डा. डिबि कार्की र डा. सरस्वती  पाध्येलाई   राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १२ : ३१ बजे

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको