इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी « Khabarhub

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताए। 

कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो । राष्ट्रपति प्रबोवो सुब्यान्टोले गत वर्ष कोइला ऊर्जा उत्पादनलाई चरणबद्ध गर्न र शताब्दीको मध्यसम्ममा शून्य उत्सर्जनमा पुग्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीले करिब ४० अर्ब अमेरिकी डलरको लगानीका २१ वटा आयोजना प्रस्तुत गरेका छौँ । यी परियोजनाहरू इन्डोनेसियाको अर्थतन्त्र बढाउन र तेलदेखि घरेलु क्षमतामा सुधार गरेर रोजगारी सिर्जना गर्ने ठूलो प्रयासको हिस्सा हुन् ।’

‘हामी यो गर्नेछौं ताकि उत्पादनलाई वास्तवमा आयात विकल्पको रूपमा घरेलु रूपमा बजारमा ल्याउन सकियोस्,’ बहलिलले बताए।

करिब ५ लाख ब्यारेल क्षमताको तेल प्रशोधन केन्द्र र तेल भण्डारण सुविधा पनि निर्माण गरिने उनले बताए। 

‘यो स्पष्ट छ कि लगानी गुणस्तरीय रोजगारी सिर्जना गर्ने, मूल्य थप्ने र राज्यको राजस्व बढाउन र हाम्रो राष्ट्रिय आर्थिक वृद्धि गर्ने उद्देश्य हो ।’

सरकारले दानन्ताराको प्रारम्भिक बजेट २० अर्ब डलर हुने बताएको थियो  । दानन्तारा इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष हो, जुन सन् २०२५ मा राज्यको स्वामित्वमा रहेको सम्पत्ति व्यवस्थापन गर्न सुरु गरिएको थियो । 

प्राबोवोले दानान्तारा र अन्य परियोजनाहरूको कोषमा कटौती गरेपछि गत महिना धेरै इन्डोनेसियाका सहरहरूमा विद्यार्थीहरूको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : १० बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको