कानून व्यवसायीले घेरे बार भवन | Khabarhub Khabarhub

कानून व्यवसायीले घेरे बार भवन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एसोसिएसन केन्द्रीय समितिबाट अनुमोदित सम्पूर्ण मतदाताहरूलाई बार केन्द्रीय कार्यसमिति निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै कानून व्यवसायीहरूले बार भवनमा प्रदर्शन गरेका छन् ।  

निर्वाचनको नामावलीमाथि उजुरी परेपछि काठमाडौं बारका केही सदस्यहरूलाई नियोजित रूपमा हटाउने तयारी भएको भन्दै डेमोक्रेटिक लयर्स एसोसिएसनमा आबद्ध कानून व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थीत बार भवनमा प्रदर्शन गरेका हुन् ।

केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई निर्वाचन समितिलाई मतदाता नामावली बुझाइसकेको अवस्थामा सोही मतदाता नामावलीका आधारमा निर्वाचनमा भाग लिन पाउनुपर्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का काठमाडौं अध्यक्ष सुशीलराज पौडेलले बताए । उनले नामावलीहरूको हकमा छानबिन गर्नुपरे काठमाडौंमात्रै नभई सबै जिल्लाको नामावलीमा छानबिन हुनुपर्ने माग राखे ।  

प्रदर्शनमा सहभागीहरूले सम्पूर्ण मतदाताहरूलाई मतदानको अधिकार प्रदान गर, बारको विधानको दफा २५ अनुसार मतदाता नामावली कायम गर, काठमाडौंका केही सदस्यलाई हटाउने एकतर्फी निर्णय बदर गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : २१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता