कानून व्यवसायीले घेरे बार भवन « Khabarhub

कानून व्यवसायीले घेरे बार भवन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एसोसिएसन केन्द्रीय समितिबाट अनुमोदित सम्पूर्ण मतदाताहरूलाई बार केन्द्रीय कार्यसमिति निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै कानून व्यवसायीहरूले बार भवनमा प्रदर्शन गरेका छन् ।  

निर्वाचनको नामावलीमाथि उजुरी परेपछि काठमाडौं बारका केही सदस्यहरूलाई नियोजित रूपमा हटाउने तयारी भएको भन्दै डेमोक्रेटिक लयर्स एसोसिएसनमा आबद्ध कानून व्यवसायीहरूले काठमाडौंको रामशाहपथस्थीत बार भवनमा प्रदर्शन गरेका हुन् ।

केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई निर्वाचन समितिलाई मतदाता नामावली बुझाइसकेको अवस्थामा सोही मतदाता नामावलीका आधारमा निर्वाचनमा भाग लिन पाउनुपर्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का काठमाडौं अध्यक्ष सुशीलराज पौडेलले बताए । उनले नामावलीहरूको हकमा छानबिन गर्नुपरे काठमाडौंमात्रै नभई सबै जिल्लाको नामावलीमा छानबिन हुनुपर्ने माग राखे ।  

प्रदर्शनमा सहभागीहरूले सम्पूर्ण मतदाताहरूलाई मतदानको अधिकार प्रदान गर, बारको विधानको दफा २५ अनुसार मतदाता नामावली कायम गर, काठमाडौंका केही सदस्यलाई हटाउने एकतर्फी निर्णय बदर गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : २१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको