प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ « Khabarhub

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा हुने बताएका छन् ।

अहिलेको सरकारका गतिविधिका कारण माओवादीलाई फाइदा हुने भएपछि आफूहरू सरकार बदल्ने खेलमा नरहेको उनले बताएका छन् ।

कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहा नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यसो भनेका हुन् ।

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो’, प्रचण्डले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को बुझ्दै गएका छन् । त्यसैले यो सरकार जति टिक्छ, माओवादीलाई उति फाइदा हुन्छ । हामी जनताबीच गइसकेका छौँ, हामीलाई जनतातिरै ठिक छ ।’

उनले तथाकथित दुईतिहाइको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरे । उनले अध्यादेश संसद्‍बाट पास हुने अवस्था नरहेको बताए ।

‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’, उनले भने ।

प्रचण्डले ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ले नतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताए ।

‘अहिले हामी अभियान भनेर नेताहरू जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौँ’, उनले भने– ‘जहाँ जान्छौँ, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौँ, जनताले खाने खाना खान्छौँ । ती क्षेत्रका जनताले भागेका समस्याबारे छलफल गर्छौं ।’

यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उनले स्पष्ट गरे ।

हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उनले हुलाकी मार्ग दशकौंको सपना अलपत्र परेकाले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण अघि बढाएको जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्