नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ? « Khabarhub

नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ?


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंलबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०.३६ अंकको करेक्सन आएको हो। 

नेप्सेमा १.०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ । 

४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आएको छ । ५ वटा कम्पनीको शेयर मूल्यले स्थिर रहेको छ । 

बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २२ हजार ३३६ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेर ७ हजार ६६९.३५ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा कम अन्य समूह ०.०६ प्रतिशतले घटेर २ हजार ५५२.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.०५ प्रतिशतले, विकास बैंक ०.३९ प्रतिशतले, फाइनास २.१० प्रतिशतले, होटेल तथा पर्यटन ०.९७ प्रतिशतले, हाइड्रोपावर १.०८ प्रतिशतले, लगानी १.७५ प्रतिशतले र जिवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ । 

साथै, लघुवित्त समूह १.४१ प्रतिशतले, म्युचुअल फण्ड ०.५५ प्रतिशतले, निर्जीवन बीमा १.११ प्रतिशतले र ट्रेडिङ समूह ०.४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : १३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम