‘इलिफेन्ट इएर प्लान्ट’ किन रोप्ने ?  « Khabarhub

‘इलिफेन्ट इएर प्लान्ट’ किन रोप्ने ? 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश घर तथा अफिसहरूमा इन्डोर प्लान्टहरूले सजाउने गरिएको पाइन्छ ।

मानिसहरू आफ्नो घर हरियाली राख्न चाहन्छन् । यस्तो अवस्थामा जेड प्लान्ट, मनिप्लान्ट, स्नेक प्लान्ट र धेरैले देखेको तर यादमा नराखेको बिरुवा इलिफेन्ट प्लान्टलगायतका इनडोर बिरुवाहरू रोप्ने गर्छन् । आज हामी यसमध्येको यही इलिफेन्ट इएर प्लान्टका बारेमा चर्चा गर्नेछौँ ।

इलिफेन्ट इएर प्लान्ट जसलाई हात्तीका कान जस्तै पात भएको बिरुवा पनि भनिन्छ । किनकि यो दुरुस्तै हात्तीकै कान जस्तो देखिन्छ । यसका विशाल र नाटकीय पातहरूले मनलाई हर्षित बनाउँछन् । 

हात्तीको कान जस्तै पात भएका बिरुवाहरू उष्णकटिबंधीय, बारहमासी बिरुवाको समूहमा पर्छन् तिनीहरूको ठूला, मुटुको आकारको पातहरूले यो तुरुन्तै चिन्न सकिन्छ । यो प्लान्टलाई न्यानो तापक्रम र धेरै सिँचाइ चाहिन्छ । 

आफ्नो घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा सही स्थानमा हात्तीको मूर्ति वा तस्बिर राख्दा उक्त घरपरिवारका सदस्यका हरेक इच्छा पूरा हुने वास्तुशास्त्रमा उल्लेख छ । हात्तीलाई विघ्नहर्ता भगवान् गणेशको रूपमा पुज्ने गरिन्छ । गणेश भगवान् सन्तान र सम्पत्ति प्राप्तिका प्रतीक मानिन्छन् । घरमा हात्तीको हात्तीका कानका बिरुवा रोप्दा  जीवनमा हरेक क्षेत्रमा सफलता प्राप्त हुने जनविश्वास छ ।

हात्तीलाई ऐश्वर्यको प्रतीक पनि मानिन्छ । बैठक कोठामा पित्तलको हात्तीको प्रतिमा राख्दा शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ । त्यसैले हात्तीको कानको आकार भएको यो विरुवालाई पनि शुभ मान्ने गरिन्छ ।

यो प्लान्टका बारेमा ध्यान दिनु पर्ने कुरा : यस बोटको पातहरूमा हानिकारक तत्त्वहरू हुन्छन् जुन खाँदा वाकवाकी लाग्ने र बान्ता हुने, र जिब्रो, मुख र आँखामा गम्भीर सुन्निने जस्ता लक्षणहरू देखा पर्न सक्छन् । त्यसैले सचेत रहनु पर्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ३ : ४५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल