परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान  « Khabarhub

परम्परागत खेतीको विकल्प खोज्दै शैलुङका किसान 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको शैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरीखेतीप्रति आकर्षित बन्दै गएका छन् । यहाँका किसानले उत्पादन गरेको तोरीलाई पेलेर तेल उत्पादन गर्न थालेपछि वडा नम्बर-५का विभिन्न बस्तीका किसानले परम्परागत खेतीलाई भन्दा तोरी खेतीलाई प्राथमिकता दिएका हुन् ।

वडामा तोरी खेती गर्ने किसान बढेपछि वडाले तेल पेल्ने मेसिन सञ्चालनमा ल्याएको छ । अन्न बालीबाट खासै आम्दानी नभएपछि परीक्षणको रूपमा गरिएको तोरीखेतीको उत्पादन राम्रै भएपछि यसप्रति किसान आकर्षित भएकाले गाउँमै उत्पादित तोरी पेल्ने मेसिन जडान गरिएको किसान रत्नबहादुर तमाङले बताए । तामाङ आफैँले पनि धानकोदो रोप्ने बारीमा अहिले तोरी लगाएका छन् ।

 गत वर्षबाट तोरी खेतीमा लागेका उनले यस वर्ष पनि दुई रोपनीमा क्षेत्रमा तोरी लगाएका छन् । तोरी पेलेर आएको तेलले घरमा भुटुन खान तथा बिक्री गर्न र आफन्तलाई  कोसेली दिने गरेको उनले बताए । 

उनका अनुसार वडाको आफ्नै मेसिन भएपछि तोरी पेल्न अन्यत्र जानु परेन । यो सुविधाले किसान अझ तोरीखेतीप्रति आकर्षित हुनेछन् । अहिले दुई रोपनीमा तोरीखेती गरेको छु । राम्रै उत्पादन हुँदै आएको छ । 

यसपालि भने, गत वर्षको तुलनामा खेती बढाएकोले आम्दानी पनि राम्रो हुने किसान तामाङ बताउँछन् ।
अरु खेतीभन्दा सजिलो भएकाले तोरीखेती गर्ने सोच पलाएको उनको कथन रहेको छ ।

मकैपछि कोदो लगाउने गरिएको थियो । कोदोबाट आम्दानी हुन सकेन । मकैखेतीपछि अब कोदो नलगाएर सबै बारीमा तोरी खेती गर्ने सोच बनाएको छु । स्वास्थ्यका लागि भोटमासको तेल खानुभन्दा तोरीको तेल खान विज्ञहरुले सुझाइरहेका पनि छन् । 

अर्का किसान विष्णु श्रेष्ठले पनि तोरीखेतीलाई प्रोत्साहन दिन लागेको बताए । उनले अहिले तीन रोपनीमा तोरीखेती गरेको सुनाए ।

तोरीखेतीबाट शुद्ध तेल पाउनु मात्रै होइन, पिनाबाट प्राङगारिक तथा जैविक विषादी बन्ने रहेछ । यो खेती बहुउयोगी साबित हुन लागेको छ ।  

वडामा नगदेबाली तोरीखेतीको प्रचुर सम्भावना देखिएको छ । यो वर्ष करिब दुई सय जनाले तोरीखेती गरेका छन् । यसलाई प्रोत्साहन गर्न र विस्तार गर्न चालु आर्थिक वर्षमा वडाले तीन लाख रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष दिलकुमार तमाङले बताए ।

 वडाले प्राविधिक सहयोगसँगै तोरीखेती गर्नेहरूलाई मल, बिउविजन समेतका लागि वितरण गर्ने वडाध्यक्ष तमाङले बताए ।

हरेक वर्ष तोरीखेती गर्नेको संख्या बढेपछि गाउँको युगान्तकारी सहकारीको २० प्रतिशत र वडाको ८० प्रतिशत गरी साढे चारलाख रुपैयाँमा पेल्ने मेसिन जडान गरिएको छ । मेसिन मर्मत समेतका लागि प्रतिकिलो तोरी पेलेको २५ रुपियाँमा तेल पेल्न थालिएको छ । 

सहकारीसँग मिलेर गाउँमा उत्पादित तोरी खरिद गर्ने र शुद्ध तेल प्याकिङ गरी बिक्री गर्ने पनि तयारी भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । 

पछिल्ला वर्षहरूमा शैलुङ सयौँ किसानले परम्परागत खेतीको विकल्प खोज्दै नगदे खेती तथा फलफूल र तरकारी खेतितर्फ आकर्षित बन्दै गएका हुन् । –सुबास बस्नेत

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ५७ बजे

‘लालीबजार’को पक्षमा उच्च अदालतको आदेश, शुक्रबारदेखि हलमा लाग्ने

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि विवादित चलचित्र ‘लालीबजार’को प्रदर्शनका लागि

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको