ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता « Khabarhub

ग्यास सिलिण्डरको मूल्य बढाउने सहमति, उद्योगीको आन्दोलन फिर्ता


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्यास सिलिण्डरको मूल्य बढ्ने भएको छ । नेपाल सरकारले ग्यास उद्योगीको आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रति सिलिण्डर ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसाले बढाउने सहमति गरेको हो ।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोली र एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच छलफल गर्दै ग्यास उद्योगीहरूको आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।

माघ २४ गते संघले बुझाएको १९ बुँदे ज्ञापन पत्रमाथि निगम सञ्चालक समितिको १८ गतेको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको प्रति सिलिण्डरमा मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको निर्णयसँगै ग्यास उद्योगीले १९ बुँदे ज्ञापनपत्र पेस गरेर गर्दै आएको आन्दोलन फिर्ता गरेका छन् । उद्योगीहरूको आन्दोलनको कारण बजारमा देखिएको ग्यासको अभाव अब अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ११ बजे

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा