ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा    « Khabarhub

ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा   


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४  कलंकी स्थित  पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नियन्त्रणमा लिइएकाहरूमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय  र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष रहेका छन् ।

एपीएफ इन्टेलीजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरूले ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

साथै उनीहरूले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाई एयरवेजको उडान नंटीजी ३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय महिलाले लगेज भित्र चकलेटको प्याकेट बनाई लिएर आएको २२ केजी गाँजासहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गांजासहित नियन्त्रणमा  लिएको हो  । 

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : २५ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ