ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा    | Khabarhub Khabarhub

ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा   


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४  कलंकी स्थित  पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नियन्त्रणमा लिइएकाहरूमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय  र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष रहेका छन् ।

एपीएफ इन्टेलीजेन्स ब्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरूले ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

साथै उनीहरूले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाई एयरवेजको उडान नंटीजी ३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय महिलाले लगेज भित्र चकलेटको प्याकेट बनाई लिएर आएको २२ केजी गाँजासहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गांजासहित नियन्त्रणमा  लिएको हो  । 

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : २५ बजे

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य

सप्तरीमा गोली प्रहारबाट मन्दिरका पुजारीको हत्या

सप्तरी– सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको

तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

पाल्पा– हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ

दानी कर्णको छाप छोडेर बिदा भए पंकज

भारतीय टेलिभिजन र सिनेमाजगतका अनुपम अभिनेता पंकज धीरको जीवन, संघर्ष

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन अनुदान

पर्वत– पर्वत जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि