अलैँची महासंघको उद्योग तथा कृषिमन्त्रीसँग भेट : समस्या समाधान गर्ने दुवै मन्त्रीको प्रतिबद्धता « Khabarhub

अलैँची महासंघको उद्योग तथा कृषिमन्त्रीसँग भेट : समस्या समाधान गर्ने दुवै मन्त्रीको प्रतिबद्धता


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेट गरी अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि आग्रह गरेको छ । 

महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायका विभिन्न नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ ।

उद्योग वाणिज्यमन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसायमैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिए ।

अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै महासंघले कृषि मन्त्री अधिकारीसँग विशेष चासो व्यक्त गरेको थियो । 

पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्यांक प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको जनाएको थियो । 

मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवर्द्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

अलैँची व्यवसायीहरूले बिमा सहज नहुँदा थप समस्या भोग्नुपरेको भन्दै महासंघले बिमा प्रक्रिया सरल बनाउन माग गरेको थियो । 

हाल केही बिमा कम्पनीहरू अलैँची खेतीको बिमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो । 

मन्त्री अधिकारीले आगामी बजेट निर्माणमा यस विषयलाई समेट्ने प्रतिबद्धता जनाए। साथै, महासंघले अलैँचीका सराबाट सामग्री निर्माण सम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग पनि राखेको थियो।

अलैँची व्यवसायी महासंघले अलैँची व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गर्दै आएको छ। महासंघले २०६४ सालमा स्थापना भई हालसम्म १५ जिल्लामा संगठन विस्तार गरिसकेको छ ।

 देशभर ४३ जिल्लामा व्यावसायिक अलैँची खेती भइरहेको र ५३ जिल्लामा यसको सम्भावना रहेको महासंघको तथ्यांक छ । करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा संलग्न छन्, जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ ।

उक्त भेटघाटमा महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्की, महासचिव नारायण चिमोरियाँ, केन्द्रीय सदस्यहरू कुसुम दाहाल र इन्द्र तामाङ, निर्यातकर्ता एवम् सल्लाहकार बस्नेत बंमश लगायत विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ४२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित