ट्रम्पको नयाँ कर नीति घोषणाले एक दिनमै विश्वको शेयर कारोबारमा हंगामा « Khabarhub

ट्रम्पको नयाँ कर नीति घोषणाले एक दिनमै विश्वको शेयर कारोबारमा हंगामा

कुन कम्पनीको शेयर कति घट्यो ?


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आउने सामानमा नयाँ करको घोषणा गरेको एक दिनमा नै विश्वव्यापी रूपमा स्टक डुबेको छ। विश्व बजारमा मूल्य वृद्धि समेत भएको छ। अमेरिकाका पाँच सय वटा शेयर हेर्ने एस एन्ड पी ५०० को कारोबार चार दशमलव पाँच प्रतिशतले ओरालो लागेको छ। सन् २००० मा कोभिड महामारी पछिको यो सबै भन्दा खराब हो।

बिहीबार बिहान नै एसिया र युरोपको शेयर मार्केट ओरालो लाग्नेक्रम सुरु भएको थियो। नाइक, उपल र टार्गेटमा पनि असर परेको छ।यिनीहरूको शेयरमा ९ प्रतिशत गिरावट आएको छ।

संसारका सबै देशबाट आउने सामानमा न्यूनतम १० प्रतिशत करको निर्णयले अमेरिकामा घरमै उत्पादित हुने सामानको मात्रा बढ्ने, संघीय सरकार आर्थिक रूपले दरिलो हुने तथा यसले अमेरिकाको व्यापारलाई अगाडि बढाउने घोषणा ट्र्रम्पको थियो।

राष्ट्रपति ट्रम्पको योजनामा चीन र क्यानडा तथा युरोपेली युनियनका केही देशप्रति बढी लक्षित थियो। ५४ प्रतिशत करको घोषणा गरिएको चीन तथा २० प्रतिशत करको घोषणा गरिएको युरोपेली युनियनले पनि बिहीबार नै प्रतिकात्मक करको घोषणा गरिसकेका छन्।

विश्व व्यापार सङ्गठनले यसमा चासो दिँदै यस वर्ष कारोबारको मात्रामा एक प्रतिशत कमी आउनसक्ने अनुमान गरेको छ।

ट्रम्पले बुधबार आफ्नो घोषणालाई दशकौँदेखि अमेरिकी नेतृत्वमा खुला व्यापारको विकासमा सबै भन्दा जोखिमयुक्त देखिए पनि सबै ठिक हुँदै जाने बताए। ट्रम्पले व्यापारिक साझेदारसँग कुरा गर्न आफू तयार रहेको समेत बताएका छन्।

बिहीबार नै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाट आउने कारमा २५ प्रतिशत लेभी उठाउने घोषणा गरे। ट्रम्पले गत महिना क्यानडा र मेक्सिकोबाट आउने कारमा २५ प्रतिशतको घोषणा गरेका थिए। उनले बुधबारको सम्बोधनमा क्यानडा र मेक्सिको लक्षित कुनै कर घोषणा थिएन।

बिहीबार सुनको मूल्य बढेको छ। केही देशको मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य कमजोर रहेको समेत जनाइएको छ।

धेरै शेयर घट्ने कम्पनीमा नाइक परेको छ। एसियाका लागि स्पोर्ट्स वेयर बनाउने नाइकको शेयरमा एकै दिन १४ प्रतिशत कमी आएको हो। एप्पलको शेयरमा भने ९ प्रतिशत प्रभाव परेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ३५ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र