प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । 

शिखर सम्मेलन अन्तर्गत आज अपराह्न चार बजे दुई देशका प्रधानमन्त्रीबीच बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा साइडलाइन वार्ता हुन लागेको हो । भारतीय प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।

ओली–मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् । 

यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।

पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । तर ओलीले भने राष्ट्र सङ्घको महासभामा पुग्दा मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : १२ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट