दक्षिण कोरियाली राष्ट्रपति युनका बारे संवैधानिक अदालतले आज निर्णय गर्ने « Khabarhub

दक्षिण कोरियाली राष्ट्रपति युनका बारे संवैधानिक अदालतले आज निर्णय गर्ने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको बारे शुक्रबार संवैधानिक अदालतले निर्णय गर्दै छ। राजधानी सियोलका सडकमा उनको समर्थन र विरोधमा मानिस जम्मा भएका छन्। महाअभियोग लागेका राष्ट्रपति पदमुक्त हुने या फेरि राष्ट्रपति कार्यालय फर्कने भन्ने कुराको निर्णय संवैधानिक अदालतले गर्ने छ।

डिसेम्बर महिनामा योलले सैनिक शासन घोषणा गरेयता दक्षिण कोरियाको राजनीति अस्थिर बनेको छ। संसद्ले महाअभियोग लागे पछि उनी पदमुक्त भएका थिए।

संवैधानिक अदालतले उनको पक्षमा निर्णय गरेमा फेरि पदमा फर्कने छन्। अन्यथा दक्षिण कोरियामा ६० दिन भित्रमा निर्वाचन हुनेछ। उनी माथि देश द्रोहको मुद्दा पनि छ। शुक्रबार नै यसका बारे बहस हुने जनाइएको छ। ३ डिसेम्बरका दिन योलले सैन्य शासनको घोषणा गरेका थिए। दुई घण्टामा नै त्यो निर्णय उल्ट्याए पनि संसद्ले उनलाई महाअभियोग लगाएको थियो। साथै कानुनी व्यवसायीले देश द्रोहको मुद्दा समेत लगाए। विपक्षीले कार्य बाहक राष्ट्रपति हान डुक सुमाथि पनि महाअभियोग लगाइसकेका छन्।

जनवरीमा गिरफ्तार भएका युन मार्च महिनामा रिहा भएका थिए। संवैधानिक अदालतमा आठ जनाको बेन्चले यो निर्णय गर्ने छ। सात जनाले महाअभियोग स्वीकार गरेमा महाअभियोग लाग्ने छ। दक्षिण कोरियाको संविधानमा सैन्य शासन युद्धको समयमा या त्यसै किसिमको सङ्कटमा मात्र लगाउन पाइने व्यवस्था छ। यसअघि १४ डिसेम्बरमा २०४ जना विधायकले महाअभियोग पारित गरेका थिए।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ०२ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र