एक साताअघि सर्‍यो ‘के घर के डेरा–२’ को प्रदर्शन मिति « Khabarhub

एक साताअघि सर्‍यो ‘के घर के डेरा–२’ को प्रदर्शन मिति


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा–२’ को प्रदर्शन मिति हेरफेर भएको छ । पहिला जेठ ९ गते प्रदर्शन मिति तोकिएको यो फिल्म जेठ २ मा नै प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षले बिहीबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

एक पोस्टरमा फिल्मका शीर्ष कलाकार निश्चल बस्नेतलाई मात्र प्रस्तुत गरिएको छ । उनी सहरको गल्लीमा हतारमा दौडिरहेका छन् । उनी तानवमा देखिन्छन् ।

दोस्रो पोस्टरमा अर्का नायक खगेन्द्र लामिछाने तथा नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । पोस्टरमा झोला भिरेर हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई खगेन्द्रले साइकल डोर्‍याउँदै र मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ ।

तेस्रो पोस्टरमा एक घरको ६ वटा झ्यालमा फिल्मका शीर्ष कलाकारलाई प्रस्तुत गरिएको छ । यो पोस्टर फिल्मको नामअनुसारको ‘थिम’मा निर्माण भएको छ ।

निर्माण पक्षकाअनुुसार कलाकारहरू विभिन्न मनोदशामा गुज्रिएको पोस्टरमा देखाइएको छ । पोस्टरको देब्रेतर्फ रहेका कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने र नायिका केकी अधिकारी गम्भीर मुद्रामा छन् ।

पोस्टरको दाहिनेतर्फ रहेका कलाकार निश्चल, प्रकाश घिमिरे तथा उपासना र सिर्जना नापितलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

यो फिल्मका लेखक बुद्धि सागर हुन् । उनले ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यास लेखेका छन् ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियसनको सहकार्यमा बनेको यो फिल्मका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : १८ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्