एक साताअघि सर्‍यो ‘के घर के डेरा–२’ को प्रदर्शन मिति « Khabarhub

एक साताअघि सर्‍यो ‘के घर के डेरा–२’ को प्रदर्शन मिति


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा–२’ को प्रदर्शन मिति हेरफेर भएको छ । पहिला जेठ ९ गते प्रदर्शन मिति तोकिएको यो फिल्म जेठ २ मा नै प्रदर्शनमा आउने भएको हो ।

निर्माण पक्षले बिहीबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

एक पोस्टरमा फिल्मका शीर्ष कलाकार निश्चल बस्नेतलाई मात्र प्रस्तुत गरिएको छ । उनी सहरको गल्लीमा हतारमा दौडिरहेका छन् । उनी तानवमा देखिन्छन् ।

दोस्रो पोस्टरमा अर्का नायक खगेन्द्र लामिछाने तथा नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । पोस्टरमा झोला भिरेर हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई खगेन्द्रले साइकल डोर्‍याउँदै र मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ ।

तेस्रो पोस्टरमा एक घरको ६ वटा झ्यालमा फिल्मका शीर्ष कलाकारलाई प्रस्तुत गरिएको छ । यो पोस्टर फिल्मको नामअनुसारको ‘थिम’मा निर्माण भएको छ ।

निर्माण पक्षकाअनुुसार कलाकारहरू विभिन्न मनोदशामा गुज्रिएको पोस्टरमा देखाइएको छ । पोस्टरको देब्रेतर्फ रहेका कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने र नायिका केकी अधिकारी गम्भीर मुद्रामा छन् ।

पोस्टरको दाहिनेतर्फ रहेका कलाकार निश्चल, प्रकाश घिमिरे तथा उपासना र सिर्जना नापितलाई खुसी मुद्रामा देख्न सकिन्छ ।

यो फिल्मका लेखक बुद्धि सागर हुन् । उनले ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यास लेखेका छन् ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियसनको सहकार्यमा बनेको यो फिल्मका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : १८ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल