मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने « Khabarhub

मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।

मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ ।

रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौँ स्वामी पूजारी तथा दुई सयभन्दा बढी भक्तजनको सहभागिता रहेको छ । श्रीगजेन्दमो क्षनारायण–मुक्तिनाथ रथयात्रा टोली आज जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ । नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी र कर्मचारीलगायतले स्वागतसत्कार गरेका थिए ।

मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड्का संस्कृति प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भजनचुड्काद्वारा स्वागत गरेको थियो । प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताए । उनले यसप्रकारको रथयात्रा बर्सेनि रहने र यसले हजारौँ पर्यटन मुक्तिनाथ आउने वातावरण तयार हुने बताए । मुक्तिनाथ क्षेत्र तपस्वीहरुले तपस्या गरेको स्थान भएको र यसक्षेत्रमा पाइने शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको स्वामी कमलनयनाचार्यले बताए ।

“हामी जिन्दावाद र मुर्दावादको नारामा अल्झिने छोडेर सबैले आफ्ना आफ्ना सकारात्मक कर्म गरेर अघि बढ्नुपर्ने बेला आएको छ”, स्वामी कमलनयनाचार्यले भने, “यो रथयात्रा र महायज्ञले विश्वशान्तिको कामना र समुन्नत नेपालको परिकल्पना गरिनेछ ।” मुक्तिनाथका साथै सिङ्गो नेपालका लागि धार्मिक सद्भाव र पर्यटन विकासका लागि महायज्ञ ६ महिनासम्म मुक्तिक्षेत्रमा निरन्तर चल्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए । श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रापछि चैत २४ गतेदेखि बडादसैँसम्म महायज्ञ हुनेछ ।

महायज्ञमा भगवान श्रीरामको आराधना गर्दै विश्वशान्ति र राष्ट्र समुन्नतिका लागि महासङ्कल्प हुनेछ । वेद, पुराण, रामायण, गीतालगायतका शास्त्रहरुको पाठ परायण गरेर महायज्ञ सञ्चालन हुने कागबेनीधामका पूजारी प्रताप आचार्यले जानकारी दिए । महयज्ञ अवधिभर विभिन्न पाठपरायण, हवन, रामायण पाठ, बेद पाठ र उपनिसद पाठ परायणलगायत अखण्ड हरिनारायण कीर्तन हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ३० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।