मधेश प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय बनाउने « Khabarhub

मधेश प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय बनाउने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर (धनुषा)– मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टी शौचालय निर्माण हुनेछन् ।

“जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढाउने सोच बनाएका हौँ”, मुख्यमन्त्री सिंहले भने ।

योजना कार्यान्वयनका लागि बोलपत्र प्रक्रिया सुरु भइसकेको र यस कार्यको संयोजनका लागि प्रदेश नीति आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहलगायत सरोकार भएका निकाय र प्राविधिक रहने गरी समिति बनाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  २ : ३५ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)