‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु « Khabarhub

‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असोज ३ गते प्रदर्शनमा आएको हिट फिल्म ‘खुस्मा’ टिमले नयाँ प्रोजेक्ट सुरुवात गरेको छ । यो टिमले नयाँ फिल्म ‘जलाकी’को छायाङ्कन सुरु गरेको हो ।

खुम्साका निर्देशक अशोक थापा मगरले नै यस फिल्मको निर्देशन गर्दैछन् । नायिकामा उपासना सिंह ठकुरी दोहोरिएकी छन् ।

नायकमा भने फिल्म ‘साम्बाला’का नायक सोना तोप्देन रहेका छन् । अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ ।

‘आकृति’ गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’का मोडल हुन् । ‘जलाकी’ उनले फिचर फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

उनीहरुसहित माओत्से गुरुङ, बुद्धि तामाङ, सङ्गीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुनलगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको ‘टाइटल मोसन पोस्टर’ सार्वजनिक गरी फिल्म निर्माणको घोषणा गरेको हो । शुक्रबारदेखि नै यो फिल्मको छायाङ्कन बागलुङबाट सुरु भएको छ ।

निर्देशक थापाका अनुसार यो फिल्मको छायाङ्कन रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियामा हुनेछ ।

निर्देशक थापाले यो पटक पनि मगर समुदायको कथा नै दर्शक समक्ष ल्याउन लागेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ३६ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको