‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु « Khabarhub

‘खुस्मा’ टिमको नयाँ फिल्म ‘जलाकी’ को छायाङ्कन सुरु


२१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असोज ३ गते प्रदर्शनमा आएको हिट फिल्म ‘खुस्मा’ टिमले नयाँ प्रोजेक्ट सुरुवात गरेको छ । यो टिमले नयाँ फिल्म ‘जलाकी’को छायाङ्कन सुरु गरेको हो ।

खुम्साका निर्देशक अशोक थापा मगरले नै यस फिल्मको निर्देशन गर्दैछन् । नायिकामा उपासना सिंह ठकुरी दोहोरिएकी छन् ।

नायकमा भने फिल्म ‘साम्बाला’का नायक सोना तोप्देन रहेका छन् । अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ ।

‘आकृति’ गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’का मोडल हुन् । ‘जलाकी’ उनले फिचर फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

उनीहरुसहित माओत्से गुरुङ, बुद्धि तामाङ, सङ्गीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुनलगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको ‘टाइटल मोसन पोस्टर’ सार्वजनिक गरी फिल्म निर्माणको घोषणा गरेको हो । शुक्रबारदेखि नै यो फिल्मको छायाङ्कन बागलुङबाट सुरु भएको छ ।

निर्देशक थापाका अनुसार यो फिल्मको छायाङ्कन रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियामा हुनेछ ।

निर्देशक थापाले यो पटक पनि मगर समुदायको कथा नै दर्शक समक्ष ल्याउन लागेका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ४ : ३६ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम