ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई  | Khabarhub Khabarhub

ब्रोकर एसोसिएसन टोलीले नेप्सेका सिइओ चापागाईँलाई दिए बधाई 


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाले बधाई दिएको छ ।
 
ब्रोकरको टिमले नेप्सेको कार्यालयमा गएर बधाई तथा शुभकामना दिएको हो । एसोसिएसनका अध्यक्ष सागर ढकालले सीईओ चापागाईँलाई खाता माला लगाएर बधाई दिएका थिए । 

अध्यक्ष ढकालले ब्रोकरहरूको मोबाइल एपको विषय नेप्सेले छिटो समाधान दिनुपर्ने माग राखेका थिए । समग्र लगानीकर्ताको हितमा काम गर्ने समेत एसोसिएसनका टोलीले सिईओलाई आग्रह गरेका थिए । 

अहिले बधाई मात्र दिन आएकाले आफ्नो क्षेत्रको अन्य मागहरू आगामी हुने भेटघाटहरूमा राख्ने अध्यक्ष ढकाले बताएका थिए ।

सीईओ चापागाईंले आफू निजी क्षेत्रबाट आएकाले गर्दा निजी क्षेत्रको समस्या बुझेकाले केही गरेर देखाउने ब्रोकरको टिमलाई बताएका थिए । अहिले आफूले नेप्सेको विषयमा दैनिक रूपमा ब्रिफ्रिङ लिइरहेकाले नेप्सेको बारेमा धेरै कुरा जानिरहेको सीईओले बताएका थिए । 

लगानीकर्ताको हितमा आफूले काम गर्ने नवनियुक्त सिइओ चापागाईंले ब्रोक्ररको टोलीलाई बताएका थिए । 

बधाई दिन ब्रोक्रर एसोसिएसनका उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, सचिवमा विनय पौडेल सहित कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल पनि उपस्थिति थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : २३ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला