तीनकुने घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन « Khabarhub

तीनकुने घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरू उपर छानबिन गरी कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राजावादीहरूले विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै दोषीहरू उपर आवश्यक छानबिन गरी कानूनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले तीनकुने र आसपासको स्थानमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना लगायतका कुनै कार्यक्रमका लागि अनुमति नदिन समेत सरकारलाई निर्देशन दिएको छ । 

त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिइएको सभापति खतिवडाले उल्लेख गरे । 

बैठकमा गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते भएको घटनाका दोषीलाई कारबाही हुने स्पष्ट पारे । उनले आगामी दिनमा यस प्रकार गैर जिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । 

संविधानलाई हिंसात्मक गतिविधिबाट उल्टाउने नियतका साथ चैत्र १५ गतको घटना भएको भन्दै उनले सबै सचेत हुन जरुरी रहेको उल्लेख गरे ।  

उक्त घटनामा प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएको उनले जानकारी दिए । बैठकमा समिति सदस्यहरूले चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका विषयमा छानबिन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको