भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता गर्दैनौँ : मुख्यमन्त्री शाह « Khabarhub

भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता गर्दैनौँ : मुख्यमन्त्री शाह


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । 

घोडाघोडी तालक्षेत्रमा शुक्रबार आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभा उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रणबारे आफ्नो अडान प्रष्ट्याएका हुन् । 

‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने, ‘भ्रष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको कुरा प्रष्ट हुन्छ ।’ 

उनले विवादित अडियोको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गरिनुपर्नेमा पनि जोड दिए । 

‘विवादित अडियोका सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढाउनु पर्दछ । यसमा मेरो व्यक्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’

प्रदेश संसद् सुचारु गर्न पटक–पटक सर्वदलीय बैठक बसेको भन्दै उनले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । शाहले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद् सुचारु हुनेमा विश्वास व्यक्त गरे ।  

एक अर्को प्रसंगमा मुख्यमन्त्री शाहले मुलुक संघीय संरचनामा गइसकेकाले संघीयताको विकल्प नरहेको पनि बताए । ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरेका छौँ,’ उनले भने ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ४ : ५२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ