बैंकक भेटपछि दुई मिनेटको फरकमा मोदी र ओलीको ट्वीट, भने- फलदायी र सार्थक « Khabarhub

बैंकक भेटपछि दुई मिनेटको फरकमा मोदी र ओलीको ट्वीट, भने- फलदायी र सार्थक


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिइएको बताएका छन् । 

थाइल्यान्डको बैंककमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा नेपाली भाषामै उनले यस्तो लेखेका छन् ।  

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् । 

उनले आफूहरूबीच भारत–नेपाल मित्रताका विभिन्न पक्षसँगै ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि उल्लेख गरेका छन् । 

‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ,’ मोदीले लेखेका छन्, ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौँ ।’ 

प्रधानमन्त्री ओलीले पनि एक्समा हिन्दी भाषामै मोदीसँगको भेट अत्यन्त सार्थक र सकारात्मक रहेको उल्लेख गरेका छन् । 

‘मेरे प्रिय मित्र, प्रधानमंत्री श्री नरेन्द मोदीजी से आत्मीय भेंट हुई । हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही । इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन् । 

प्रधानमन्त्री ओलीले नेपाली समयअनुसार अपरान्ह ४ बजेर २० मिनेटमा एक्समा लेखेको देखिएको छ । त्यसको दुई मिनेटपछि भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन