नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम | Khabarhub Khabarhub

नेप्सेका सीईओ चापागाईंले तीन दिनमा गरे दुई काम


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको एकमात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंलाईले पदबहाली भएको तीन दिनमा दुई महत्त्वपूर्ण काम गरेका छन् ।

सीईओ चापागाईंले गत बुधवार नेप्सेमा पदबहाली गरेका थिए । चापागाईंले तीन दिनभित्र अवधिमा नेप्सेको साइटमा सुझाव दिन मिल्ने ठाउँ बनाउन निर्देशन दिएका छन् ।

सीईओ चापागाईंले शुक्रबार बिहान नेप्सेका सूचना-प्रविधि फाँटका कर्मचारीबाट ब्रिफिङ लिँदै नेप्सेको साइटमा सुझाव दिन मिल्ने ठाउँ बनाउन निर्देशन दिएका हुन् ।

‘आज बिहानै मैले नेप्सेको साइटमा के के सुधार गर्न सकिन्छ भन्नेर सुझाव दिन सकिने ठाउँ बनाउन लगाएको छु’, चापागाईंले भने, ‘आइटीको टिमले काम थालिसकेको छ । अबको केही दिनमा साइटमा सुझाव दिन सकिनेछ ।’

नेप्से, पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड -सेबोन_ तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र नेप्सेबीच हरेक १५ दिनमा बैठक बस्ने भएको छ ।

नेप्सेका सीईओ नियुक्त भएपछि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बिहीबार भएको भेटमा तीन संस्थाका प्रतिनिधिबीच हरेक १५ दिनमा बैठक बस्ने सहमति भएको हो ।

‘कुनै एजेन्डा नभए पनि मैले सेबोन अध्यक्षज्यूसँग हरेक १५ दिनमा बैठक बस्न आग्रह गरेको थिएँ’, चापागाईंले भने, ‘अध्यक्षज्यू पनि यो कुरामा सकारात्मक हुनुहुन्छ ।’

अध्यक्ष श्रेष्ठ र सीईओ चापागाईंको भेटका दौरान लगानीकर्ताहरूको हित संरक्षण एवं नेपालको पुँजी बजारको विकास तथा विस्तारका विषयमा छलफल भएको सेबोनले जनाएको छ ।

‘हामीले यो यसले गर्ने काम हो, त्यो उसले गर्ने काम हो भनेर पनि धेरै हानथाप हुने गरेको छ’, चापागाईंले भने, ‘कुनै एजेन्डा नभए पनि छलफल गर्दा पुँजीबजारबारे नै कुरा हुन्छ, समन्वय पनि बढ्छ ।’

आफू निजी क्षेत्रबाट आएको हुनाले काम गर्ने हुटहुटी रहेको सीईओ चापागाईंले बताए । हाल आफू नेप्सेका विभागसँग ब्रिफिङ लिन व्यस्त भएको उनले जानकारी दिए ।

आफूले भेटघाट भन्दा पनि नीतिगत कामहरू धेरै गर्नुपर्ने भएकाले काममै बढी लाग्ने चापागाईंको भनाइ छ । ‘यो एक हप्ताजति त भेटघाट हुने नै भयो’, चापागाईंले भने, ‘त्यसपछि भने मैले भेटघाटमा समय बिताउँदिन, थुप्रै नीतिगत कामहरू गर्नुपर्नेछ, भेटघाटमा समय बढी बिताउँदा काम गर्न अलिक कठिन होला ।’

अहिले डिम्याट खोल्नेको संख्या ६५ लाख भए पनि दोस्रो बजारमा भने ३५ लाख हाराहारीमा मात्र कारोबार गरिरहेको र त्यसमा पनि १५ लाखजति मात्र सक्रिय प्रयोगकर्ता भएको आकलन चापागाईंले सुनाए ।

शेयर शिक्षा नभएकाले लगानीकर्ताले लहलहैका भरमा लगानी गरिहरेकाले शिक्षित गर्नेतर्फ आफ्नो योजना रहेको चापागाईंले बताए ।

‘मैले निजी क्षेत्रमा हुँदा पनि धेरैजसो पढाउने नै काम गरेँ, अहिले पनि धेरै व्यक्तिले ह्वीमका भरमा लगानी गरेको देखिन्छ’, चपागाईंले भने, ‘राज्यको तर्फबाटै सिकाउने खालको काम भएमा धेरै राम्रो हुन्थ्यो ।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : २५ बजे

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर